सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयरमा छुट
१६ जेष्ठ २०८२, शुक्रबार १२:४८

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको सारंग हेल्थ केयर प्रा.ली. को सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त हेल्थ केयरमा १५ प्रतिशत छुट पाउने छन्।
यस्तो सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले बताएको छ।
साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य सुविधाहरू ल्याउने प्रतिबद्धता समेत गरेको छ।
यस बैंकले देशैभरी ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम मेशिन, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइबाट करीब १९ लाख ग्राहकलाई बैंकिङ्ग सुविधा दिइरहेको छ।