बीमा प्राधिकरणको निर्णयले भित्रैका कर्मचारी सशंकित , कम्पनीमा भर्ती भएका कर्मचारी काम गर्ने कि नगर्ने दोधारमा ?

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल नेपालमा संचालनमा रहेका बीमा कम्पनीका कर्मचारीहरुलाई एकाघर परिवारको विवरण सार्वजनिक गराउन निर्देशन दिएसँगै प्राधिकरणको भित्रका कम्पनीमा कर्मचारी भर्ती गराएका कर्मचारीहरु सशंकित भएका छन् ।
यो निर्णयले यतिबेला जागिर लगाईदिने प्राधिकरणका कर्मचारी र जागिर खाईरहेका कर्मचारी शंशकित बनेका छन् । प्राधिकरणका कर्मचारीहरुले भर्ती गराएका ती कर्मचारीहरु काम गर्ने कि रिजाईन दिएर प्राधिकरणले मागेको डकुमेन्ट नदिने भन्ने बिषयमा दोधारमा परेका छन् ।
नेपाल बीमा प्राधिकरणका कर्मचारीले बीमा कम्पनी भरीन थालेपछि यो प्रकृया अपनाउन लागेको हो ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशकदेखि चालकसम्मको भर्ती केन्द्र बनेसँगै यतिबेला प्राधिकरणकै कर्मचारीहरु शंशकित बनेका छन् । बीमा प्राधिकरणको कर्मचारीको भर्तीको लागि एस म्यान बनेका कम्पनीहरुलाई सुपरिवेक्षणमा जति सुकै ठूलो गल्ती भेटिएपनि कारवाहीमा संलग्न गर्ने गरेका छन् ।
प्राधिकरणको केही दिन अगाडि बसेको सञ्चालक समितिको बोर्ड बैठकले बीमा कम्पनीमा कार्यरत आफ्ना कर्मचारीका परिवार सदस्यको सूची माग गर्ने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार प्राधिकरणका कर्मचारीहरुको परिवार सदस्यहरु कति र कुनकुन बीमा कम्पनीमा कार्यरत छन् भन्नेबारे जानकारी संकलन गर्न लागिएको हो । बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको प्राधिकरणले सम्भावित हित–संघर्ष (कन्ल्फ्टि अफ इन्ट्रेस्ट) हटाउने उद्देश्यले यस्तो जानकारी मागेको हो ।
हाल बीमकबाट यो सूचना संकलन भइरहेको छ । प्राधिकरणका एक कर्मचारीले बताए ।
यसअघि तत्कालिनमा बीमा समिति हालको प्राधिकरणका तत्कालिन अध्यक्ष प्रा.डा.फत्त बहादुर केसीले पनि कर्मचारीसँग यस्तो विवरण माग गरेका थिए ।
प्राधिकरणको उच्च विभागीय प्रमुखहरुले कर्मचारीले बीमा कम्पनीलाई दबाब दिएर आफना परिवारका सदस्यलाई उच्च विभागदेखि म्यासेन्जर कर्मचारी, पिए र कार्यालय सहयोगीसम्मको कर्मचारीमा प्राधिकरणका कर्मचारीहरुले प्रत्यक्ष हस्तक्षेप गर्न लागेपछि यतिबेला ती कर्मचारीहरु जागिर छोड्ने कि बस्ने भन्ने अवस्थामा रहेको बुझिएको छ ।
प्राधिकरणका कर्मचारीको श्रीमती, छोराछोरी देखि नजिकका नातेदारहरुले नै बीमा प्राधिकरण भरिन लागेपछि प्राधिकरणले यो निर्णय गर्न लागेको बुझिएको छ।
बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले नाम नखोल्ने शर्तमा बीमा कम्पनी प्राधिकरणका आफन्तको लागि फोर्सफलु रुपमा भर्ती केन्द्र नै भएको बताए ।
कतिपय प्राधिकरणका कर्मचारीहरुले बार्गेनिङ् नै गरेर भर्ती गराउने समेत गराउने ती अधिकारीले बताएका छन् ।
यसरी फोसफुल रुपमा भर्ती गरिएका कर्मचारीले काम बीमा कम्पनीमा ९० प्रतिशत कर्मचारीले काम गर्न नसकेको भन्दै गुनासो समेत व्यक्त गरेका छन् ।
पावरको आडमा योग्यता नपुगेका कर्मचारीलाई कम्प्युटर अन अफमा पनि राखिएको ती सिईओले बताएका छन् ।
योग्यता नभएका कर्मचारीहरुलाई फोर्सफुल रुपमा बीमा कम्पनीमा जागिर लगाउन बाध्य भएको उनले बीमापोष्टलाई बताएका छन् ।