बीमा प्राधिकरणले महंगो गाडी खरिद गर्दै
२६ जेष्ठ २०८२, सोमबार १७:५४

काठमाडौं । नेपाल बीमा प्राधिकणले महंगो मोटर गाडी खरिद गर्ने भएको छ । प्राधिकरणले बोलकबोल मार्फत उक्त गाडी खरिदका लागि आपुर्तीकर्ता सँग सिलबन्दी डेण्टर आह्वान गरेको हो ।
प्राधिकरणले अत्याधुनिक चार पाङ्ग्रे एसयुभि एक गाडी खरिद गर्ने भएको हो ।
बोलपत्र पेश गर्दा दस्तुर मात्रै ३ हजार रुपैयाँ लाग्नेछ । ३० दिन भित्रमा आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । पहिलो बोलकबोलको लागि ४ लाख रुपैयाँ बोलकबोल जमानत राख्नु पर्नेछ।
इच्छुक आपुर्तीकर्ताले आजदेखि असार १६ गते मध्यान्ह १२ बजेसम्ममा बोलपत्र पेश गर्न सक्नेछन् ।
प्रि बिड मिटिङ असार ६ गते बस्नेछ भने इ बिडिङ खुल्ने मिति १६ गते तोकिएको छ ।