बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.२ प्रतिशतले बढ्यो

२७ जेष्ठ २०८२, मंगलवार १२:०९

काठमाडौं । चालू आर्थिक वर्षको दश महीनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ अर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशतले वृद्धि भएको छ।

गत वर्षको यसै अवधिमा यस्तो निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड अर्थात् ७.८ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ।

२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको थियो

२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ। २०८१ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*