बैंकहरुको व्यवसाय बलियो बन्दै, १० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह
२७ जेष्ठ २०८२, मंगलवार १५:५२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय सुधार हुदै गएको छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा उनीहरुले तीन खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
गत आर्थिक वर्षको असारको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा ७.३ प्रतिशतले बढेको छ । गत आवको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी ४.७ प्रतिशतले बढाएका थिए ।
त्यो अवधिमा उनीहरुले २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष १२.५ प्रतिशतले ऋण लगानी विस्तार हुने प्रक्षेपण गरेको छ।