२८ बीमा कम्पनीमै गएर फाइल पल्टाउँदै बीमा प्राधिकरण, के- के खोजिदैछ ?

रिना खत्री
९ असार २०८२, सोमबार १२:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले २८ बीमा कम्पनीमै गएर फाइल पल्टाउने भएको छ। यसै बर्षभित्र निर्जिवन बीमा कम्पनीहरुको सम्पन्न गरि आगामी आर्थिक बर्षमा जीवन बीमाा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण सुरु गर्ने तयारी गरेको हो ।

२८ मध्ये १६ कम्पनीहरुको स्थलगत सुपरीवेक्षण सुरु गर्ने तयारी प्राधिकरणले गरेको छ। २८ कम्पनीमध्ये बीमा प्राधिकरणले १२ बीमकको स्थलगत सुपरिवेक्षण सम्पन्न गरिसकेको छ भने दुई कम्पनीको चालु आर्थिक बर्षमा स्थलगत सुपरीवेक्षण सम्पन्न गरि नयाँ आर्थिक बर्ष अर्थात साउनदेखि जीवन बीमा कम्पनीको थलगत सुपरिवेक्षण सुरु गर्ने जनाएको छ । बीमा प्राधिकरणले तालिका बनाएर बीमा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण सुरु गरेको हो । असार मसान्तभित्र निर्जिवन बीमा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण सम्पन्न गरि साउनदेखि जीवन बीमा कम्पनीहरुको स्थलगत सुपरिवेक्षण प्राधिकरणले सुरु गर्न लागेको हो ।

बिशेष गरी निर्जिवन बीमा कम्पनी कम्पनीहरुमा क्यास ब्याक देखि उधारो बीमा जस्ता कानुनी प्रवाधान विरुश्द्ध यस्तो समस्या देखिएसँगै प्राधिकरणले यी कम्पनीहरुमा निगरानी बढाएको हो । प्राधिकरणले हालसम्म १४ कम्पनीमध्ये हालसम्म १२ कम्पनीमा सुक्षम स्थलगत सुपरीवेक्षण सम्पन्न गरिसकेको छ। बाँकि दुईको यसै सातामा सकाउने तयारी रहेको बीमा प्राधिकरणको स्रोतले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म आइएजीआई प्रुडेन्सियल नेको इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेस्ट इन्स्योरेन्स लगायत १२ बीमा कम्पनी माथिको अनुगमन सकिसकेको जनाएको छ।

सबै निर्जीवन कम्पनीमाथिको निरीक्षण गरेपछि यसको वास्ताविकता बाहिर आउने प्राधिकरणको भनाई छ ।

असार मसान्तसम्ममा १४ निर्जिवन बीमा कम्पनीमाथिको अनुगमन सकाउने प्राधिकरणको लक्ष्य रहेको छ। सो पश्चात् कारवाहीको प्रकृया पनि अघि बढाईने भएको छ।

प्राधिकरणमा यस सम्बन्धी गुनासो बढेपछि क्यास ब्याकलाई लक्षित गरेर कम्पनीहरुको लापरवाही बढेसँगै सुक्ष्म स्थलगत सुपरीवेक्षण गरेको प्राधिकरणले जनाएको छ।

निर्जीवन बीमाा कम्पनीहरुले आफ्नो व्यवसाय बढाउनका १६ प्रतिशतसम्म क्यास ब्याक दिने गरेको पाइएको छ। यस आर्थिक बर्षको असार मसान्तसम्ममा सबै निर्जीवन बीमाा कम्पनीको स्थलगत सुपरिवेक्षण सक्ने गरी काम भइरहेको प्राधिकरणको सुपरिवेक्षण विभागले जनाएको छ।

बीमा कम्पनीहरुले आफनो व्यवसाय वढाउन र बीमितलाई लोभ देखाउन नियम भन्दा बाहेक कुनै बीमा कम्पनीले व्यवसाय भित्र्याएर यति प्रतिशतसम्म क्यास ब्याक दिन्छु भनेर लोभ देखाउँछ र सो कम्पनीमा बीमा गराइन्छ र बीमा कम्पनीले त्यसबापत क्यास ब्याक दिने परिपाटी निर्जिवन बीमाम भएको स्थलगत रिर्पोटिङ्गमा पनि पाइएको छ।

बीमा प्राधिकरणको प्रावधान अनुसार एकमुष्ठ रकम भुक्तानी भई नसकेको अवस्थामा भुक्तानी हुने अवधि किटान गरी कुनै बैंक वा नेपाल सरकारको जमानतमा बीमाालेख जारी भएकोमा बीमाा शुल्क प्राप्त मानिने जनाइएको छ ।

उक्त तीस दिनभन्दा लामो अवधिको बैंक जमानतमा बीमालेख जारी गर्न नपाइने ऐनमा उल्लेख छ । ‘जीवन बीमााको हकमा किस्ताबन्दीमा तथा तोकिएको कुनै खास निर्जीवन बीमाामा आंशिक रकम भुक्तानी प्राप्त गरी बीमाालेख जारी गर्न बाधा पुग्ने छैन,’ ऐनमा भनिएको छ । तर सो विरुद्ध पनि हाल कम्पनीहरुमा काम भईरहेको प्राधिकरणले पाएको छ।

बीमाशुल्क संकलन गरी बीमकलाई भुक्तानी गर्ने जिम्मा लिएको व्यक्ति वा संस्थाबाट बीमकलाई समयमा बीमााशुल्क प्राप्त हुन नआएमा बीमाकले सो सम्बन्धी जानकारी बिमितलाई दिनु पर्ने विषय ऐनमा उल्लेख छ ।

ऐनमा बीमकले बीमाा व्यवसाय गर्दा बिमितसँग लिन पाउने शुल्कको दर निर्धारण गर्न सल्लाहकार समितिले प्राधिकरणलाई आवश्यक सल्लाह प्रदान गर्ने र सोही बमोजिम सल्लाहकार समितिको परामर्शमा प्राधिकरण निर्धारित दरमा फरक पर्ने गरी कुनै पनि बीममकले शुल्क दर निर्धारण गरी बीमाा व्यवसाय गर्न नपाउने उल्लेख छ ।

बीमा प्राधिकरणबाट जाने निरिक्षण टोली सम्बन्धित बीमा कम्पनीहरुकोे उच्च व्यवस्थापन र अन्य व्यवस्थापकीय क्षेत्रहरु समेटिने गरी समष्टिगत स्थलगत निरीक्षण कार्य गर्छ । ती क्षेत्रमा अन्तरनिहित जोखिम तथा जोखिम व्यवस्थापन, कोष व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि, वित्त व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलगायत पर्छन् ।

बीमा प्राधिकरणले सम्बन्धित सुपरिवेक्षण विभागले बीमा कम्पनीहरुको स्थलगतसँगै गैर–स्थलगत, लक्षित, विशेष र अनुगमन निरीक्षण गर्छ । समष्टिगत, स्थलगत र लक्षित निरिक्षण वार्षिक कार्ययोजना अनुसार गरिन्छ भने गैरस्थलगत र विशेष निरिक्षण बीमा कम्पनीहरुको प्राप्त सूचना, जानकारी एवं विवरणहरुको आधारमा वा सरोकारवाला पक्ष तथा ग्राहकहरुको गुनासोको आधारमा हुन्छ ।

सुपरीवेक्षण टोलीले समग्र जोखिम विवरण (रिस्क प्रोफाइल)को आधारमा उच्च जोखिम देखिएका क्षेत्र, गैरस्थलगत सुपरीवेक्षण इकाई, प्रतिवेदन कार्यान्वयन इकाईबाट पहिचान भएका विषयहरू वा सुपरीवेक्षण विभागले मनासिव ठानेका कुनै विशेष क्षेत्र वा कारोबारका लागि विभागले लक्षित निरीक्षण गर्छ ।

सुपरीवेक्षण विभागले नियमित स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दै वार्षिक प्रतिवेदन तयार पार्छ । निरीक्षणका क्रममा बीमाले नियामकीय निर्देशन पालना नगरेको पाइए कारबाही पनि गर्छ । विभागले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनले वित्तीय स्थायित्व कायम गर्न बीमा प्राधिकरणलृ गरेको पहल, बीमा क्षेत्रको पर्फमेन्स, निरीक्षणमा देखिएका विषयहरु तथा जोखिम र चुनौती उल्लेख गर्दछ।

स्थलगत निरीक्षण विभागको वार्षिक योजनाअनुसार हुन गर्दछ जुन जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल अनुसार गरिन्छ । सुपरीवेक्षकीय निरीक्षण सुरुवाती, तालीकाबद्ध समष्टिगत, लक्षित र केही प्रकार अनुसार गर्ने गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*