बीमितको हितमा प्राधिकरणद्धारा बीमकलाई ध्यानाकर्षण, २५ हजार रूपैयाँ सम्म जरिवानामा पर्न सक्ने चेतावनी

१७ असार २०८२, मंगलवार १८:२१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमितको हितमा बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। प्राधिकरणले एक परिपत्र जारी गर्दै कम्पनीहरुले निश्चित अवधिभर भुक्तानी दिन र बीमितलाई दुख दिने काम बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आज बीमा कम्पनीहरुलाई बीमकहरुले बीमालेखका शर्त बमोजिम दायित्त्व निर्धारणमा बेमनासिव ढिलाई गरेको, बीमितलाई मर्का पर्ने किसिमले दायित्व निर्धारण गरेको, क्षति मूल्याङ्कनका लागि समयमै सर्भेयर नखटाएको, तथा खटिएका बीमा सर्भेयरले क्षतिको मूल्याङ्कन प्रतिवेदन समयमा नबुझाएको, अनावश्यक कागजात माग गरी हैरानी दिएको भन्ने समेतका व्यहोरा राखी गुनासाहरु प्राप्त भएको हुँदा बीमकमाथि ध्यानाकर्षण गराएको हो ।

प्राधिकरणका अनुसार जानकारी, विवरण वा निरीक्षण प्रतिवेदनबाट त्यस्तो कार्य भए गरेको पाईएमा सम्बद्ध बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ९३० बमोजिम दुई लाख रूपैयाँ देखि बीस लाख रूपैयाँसम्म जरिबाना तथा सर्भेयरलाई सोही दफाको उपदफा ९१० बमोजिम दुई हजार रूपैयाँ देखि पच्चीस हजार रूपैयाँ सम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था प्रति सचेत रही कार्य गर्न समेत बीमकलाई ध्यानाकर्षण गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*