ढुङ्गामुढा भएको स्थानबाटै सुरु भयो मनोहरा सुकुमबासी बस्ती हटाउने अभियान
१३ बैशाख २०८३, आईतवार ११:१२

काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती हटाउन आइतबार बिहानदेखि डोजर चलाउन सुरु गरिएको छ।
जिल्ला प्रशासन र सम्बन्धित निकायको संयुक्त टोलीले शनिबार साँझ ढुङ्गामुढा भएको स्थानबाटै बस्ती हटाउने काम पुनः सुरु गरेको हो। यसअघि शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि केही समयका लागि अभियान रोकिएको थियो।
प्रहरीको सुरक्षा व्यवस्थाबीच आइतबार बिहानदेखि पुनः डोजर परिचालन गरिएको हो। टोलीले पहिलो चरणमा गैह्रीगाउँ क्षेत्रको सुकुमबासी बस्ती खाली गराएको छ भने त्यसपछि मनोहरा नदी किनारका अन्य अतिक्रमित संरचनातर्फ काम अघि बढाइएको जनाइएको छ।
यसअघि विरोधमा उत्रिएका स्थानीयले आफूहरूको वैकल्पिक व्यवस्था नगरी जबरजस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।











