पेप्सीकोलामा मध्यराति प्रचण्डको नाम लिँदै ८ गाडीमा तोडफोड
१३ बैशाख २०८३, आईतवार ११:०२

काठमाडौँ । काठमाडौँको पेप्सीकोला क्षेत्रमा गएराति करिब १ बजेतिर ८ वटा सवारीसाधनमा तोडफोड भएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका एक व्यक्तिले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै गाडीहरूमा आक्रमण गरेका थिए। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले उक्त व्यक्तिले अन्धाधुन्ध रूपमा पार्किङमा राखिएका गाडीहरूमा क्षति पुर्याएको जनाएको छ।
घटनापछि स्थानीयवासीले तोडफोडमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











