१७ जनालाई १५ दिनको अल्टिमेटम: धरौटी रकम फिर्ता लैजान लेखा नियन्त्रक कार्यालय डोटीको ताकेता

१३ बैशाख २०८३, आईतवार १०:२८

काठमाडौँ । कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले विभिन्न व्यक्ति, फर्म तथा सरकारी कार्यालयका नाममा रहेको धरौटी तथा विविध खाताको रकम फिर्ता लिन आग्रह गरेको छ। कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ अनुसार लामो समयदेखि फिर्ता लिन नआएको प्रयोजनविहीन धरौटी रकम सदरस्याहा गरी राजस्वमा दाखिला गर्ने तयारी गरेको जनाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्मको विवरणअनुसार विभिन्न व्यक्ति तथा संस्थाका नाममा उल्लेख्य रकम धरौटी रूपमा बाँकी रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयको नाममा १२ लाख ४१ हजार ५६७ रुपैयाँ, शिक्षा तालिम केन्द्रको ११ हजार ५५७ रुपैयाँ, जिल्ला पशु सेवा कार्यालयको ४ लाख २३ हजार ८२७ रुपैयाँ र सूर्योदय ऊर्जा प्रालिको ४५ हजार ७०० रुपैयाँ रहेको छ। त्यसैगरी, गोपाल बहादुर बोहराको ५० हजार रुपैयाँ, पदम बहादुर साउदको १२ हजार रुपैयाँ, महेन्द्र विकको ३८ हजार रुपैयाँ र मन्धिरे झाक्रीको ५ हजार रुपैयाँ बाँकी रहेको उल्लेख गरिएको छ।

यस्तै, यदु भण्डारीको ३० हजार रुपैयाँ, क्षेत्रीय प्रशासन कार्यालयको २ लाख २० हजार ३३९ रुपैयाँ, महराको १२ हजार रुपैयाँ, दल बहादुर साउँदको ५ हजार रुपैयाँ र गजराज निर्माण सेवाको ६ हजार ३१९ रुपैयाँ रहेको छ। साथै, लोकेन्द्र बमको १० हजार रुपैयाँ, क्षेत्रीय सशस्त्र प्रहरी गण नं. १ को १ लाख ५१ हजार १२९ रुपैयाँ, कोलेनिका डोटीको १ लाख ९५५ रुपैयाँ तथा सोही कार्यालयका विभिन्न खातामा १८ लाख ९७ हजार २५५ रुपैयाँ रहेको जनाइएको छ।

उक्त रकम फिर्ता पाउनुपर्ने कुनै आधार वा प्रमाण भए १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र दाबी नआएमा नियमअनुसार रकम सदरस्याहा गरी सरकारी खातामा दाखिला गरिने कार्यालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*