मन्त्रिपरिषद बैठक आज साढे १० बजे बस्दै

२१ बैशाख २०८३, सोमबार ०७:३९

काठमाडौं । आज सोमबार मन्त्रिपरिषद बैठक बस्दैछ। बैठक बिहान साढे १० बजे बस्ने गरी बोलाइएको छ।

बैठकमा केही मन्त्रालय मर्ज र केही खारेज गर्ने विषयमा छलफल हुनेछ। हालसम्म चार वटा मन्त्रालय खारेज र अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिएको छ।

मन्त्रालयको संख्या घटाएर १७ मा झार्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले साही अनुसार मन्त्रालय घटाउने गरी प्रस्ताव गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*