सिद्धार्थ इक्विटी फण्ड–२ को इकाई बिक्री खुला

२१ बैशाख २०८३, सोमबार ०६:५६

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने “सिद्धार्थ इक्विटी फण्ड–२” को इकाई सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुला गरिएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटले आज वैशाख २१ गते सोमबारदेखि इकाई बिक्री खुला गरेको हो।

उक्त फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ तोकिएको छ। कुल १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको छ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिंदा प्रति इकाई १० रुपैयाँका दरले भुक्तानी गर्नुपर्नेछ। इकाई बिक्री छिटोमा वैशाख २४ गते बैंकिङ समयपछि बन्द हुनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै “मेरो शेयर” अनलाइन प्रणाली प्रयोग गरी सिआस्वा मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*