रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

२० बैशाख २०८३, आईतवार १८:४८

काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा खेपिरहेका रामबहादुर बम्जनले जिल्ला अदालत, सर्लाहीबाट सफाइ पाएका छन् । जिल्ला अदालतले उनलाई आरोपित कसुरमा दोषी नठहर गर्दै सफाइ दिएको हो ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले वैशाख ८ गते सो फैसला गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउका क्रममा ठूलो मात्रामा नगद रकम बरामद भएको भन्दै पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको थियो र उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यसअघि सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता भएको आरोपसमेत बम्जनमाथि लागेको छ । उक्त मुद्दा भने अझै अदालतमा दर्ता भइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*