बीमा कसुरमा कुन प्रतिवादीमाथि कति बिगो दाबी ?

२९ जेष्ठ २०८३, शुक्रबार १८:५०

काठमाडौं । नेपालको व्यापारिक इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो मनी लाउण्डरिङ (सम्पत्ति शुद्धीकरण) मुद्दा अदालतमा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा सरकारी वकील कार्यालयले ३९ प्रतिवादीविरुद्ध मुद्दा दायर गर्दै कुल करिब ५३ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी तथा १५ वर्षसम्म कैद सजायको माग गरेको छ ।

उक्त मुद्दामा प्रतिष्ठित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित ३५ जना प्राकृतिक व्यक्ति तथा ४ वटा संगठित संस्था गरी कुल ३९ प्रतिवादीलाई विपक्षी बनाइएको छ । अभियोगपत्रअनुसार सबै प्रतिवादीमाथि उनीहरूले कथित रूपमा शुद्धीकरण गरेको रकम (बिगो) को दोब्बर जरिवाना असुल गर्ने माग गरिएको छ भने कसूरको गम्भीरता अनुसार न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्षसम्म कैद सजायको माग समेत गरिएको छ ।

मुख्य अभियुक्त दीपक भट्टमाथि मात्रै २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गरिएको छ । सोही बिगोको दोब्बर जरिवाना तिराउनुपर्ने मागसमेत गरिएको हुँदा दोषी ठहर भएमा उनको जरिवाना रकम ५३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने उल्लेख छ । त्यसैगरी सुलभ अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ ।

अन्य प्रतिवादीहरूमध्ये सन्दीप चाचन अग्रवालमाथि १४ अर्ब ५८ करोड ७८ लाख ७५ हजार ३५० रुपैयाँ ४८ पैसा, मनोज कुमार लाल कर्णमाथि ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ १६ पैसा, साहिल अग्रवालमाथि ६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ, शुभी अग्रवालमाथि ३ अर्ब ९६ करोड ७८ लाख २२ हजार १३३ रुपैयाँ २२ पैसा, ऋषिराज मोरमाथि ३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ ९० पैसा बिगो कायम गरिएको छ ।

त्यसैगरी मदन दाहाल र शरद ओझामाथि संयुक्त रूपमा ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १९२ रुपैयाँ ५८ पैसा बिगो दाबी गरिएको छ । सुमेर शमसेर जबरामाथि १ अर्ब २७ करोड ४१ लाख ८६ हजार ८६७ रुपैयाँ ९६ पैसा, राजबहादुर शाहमाथि १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ ४० पैसा बिगो माग गरिएको छ ।

त्यस्तै आशिष श्रेष्ठ समूहमाथि ५९ करोड ७५ लाख ६९ हजार १३४ रुपैयाँ १८ पैसा, कृषि अग्रवालमाथि ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ, प्रताप मान श्रेष्ठमाथि २३ करोड ७३ लाख ८३ हजार ७८० रुपैयाँ, राजकुमार मोरमाथि २७ करोड ६९ लाख रुपैयाँ, अमित मोरमाथि १२ करोड ६ लाख २५ हजार रुपैयाँ, नरेश कुमार रोकामाथि ११ करोड ९० लाख ९ हजार ८१८ रुपैयाँ ४० पैसा र रामकुमार यादवमाथि ४ करोड २० लाख ९१ हजार १६० रुपैयाँ बिगो दाबी गरिएको छ ।

अभियोगपत्रअनुसार प्रतिवादीहरूले संगठित रूपमा बैंक कर्जा दुरुपयोग गर्ने, बीमा कम्पनीका सर्वसाधारणको प्रिमियम रकमलाई अवैध रूपमा शेयर बजारमा परिचालन गर्ने तथा नक्कली आईपी प्रयोग गरेर शेयर मूल्य अस्वाभाविक रूपमा बढाउने जस्ता गतिविधिबाट अर्बौं रुपैयाँ लाभ लिएको आरोप छ । अनुसन्धान प्रतिवेदनमा उक्त अवैध रकमलाई पछि घरजग्गा, विलासी सवारी साधन तथा विभिन्न ‘सेल कम्पनी’ खडा गरी तहगत रूपमा मार्फत शुद्धीकरण गरिएको दाबी गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*