शंखमुलमा होस्टलभित्रै युवकको हत्या

५ भाद्र २०८३, शुक्रबार १३:४८

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको कुटपिटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्। उनी शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका थिए।

प्रहरीका अनुसार होस्टलमै बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि धारिलो हतियार प्रहार गर्दै कुटपिट गरेका थिए। घटनापछि गम्भीर अवस्थामा रहेका कालाथोकीलाई उपचारका लागि काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइएको थियो।

टाउको र घाँटीमा गहिरो चोट लागेका कालाथोकीको उपचारकै क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेका हुन्।

घटनामा संलग्न रहेको आरोपमा यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। पटेल भने घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*