हिमालयन रिइन्स्योरेन्सका अध्यक्षमा मिश्र नियुक्त, संचालक समिति पुनर्गठन

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा अध्यक्ष सहित सञ्चालक समितिमा तीन नयाँ प्रतिनिधि मनोनयन भएका छन्।
कम्पनीको अध्यक्षमा दिपेन्द्र कुमार मिश्रलाई नियुक्त गरिएको छ । त्यस्तै।कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि मनोनयन गरेको हो।
कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभासम्मका लागि तीन जना सञ्चालकको मनोनयन स्वीकृत गरिएको छ।
मनोनयन हुनेमा नेपाल बैंक लिमिटेडको तर्फबाट होम बहादुर खड्का, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को तर्फबाट नितेश तोदी र कालिका फिनकर्प प्रा.लि.को तर्फबाट पल्लव श्रेष्ठ रहेका छन्।
कम्पनीले सञ्चालक समितिको पुनर्गठनसम्बन्धी जानकारी नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई समेत गराएको छ।











