नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले ४० लाख कित्ता हकप्रद शेयर जारी गर्ने

२० आश्विन २०८३, मंगलवार ०९:३५

काठमाडौँ ।  नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड लिमिटेडले संस्थापक शेयरधनीका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णयअनुसार असोज ३० गतेसम्म कायम संस्थापक शेयरधनीलाई लक्षित गरी हकप्रद शेयर जारी गर्न लागिएको हो।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यही चुक्ता पुँजीको ३३.३३ प्रतिशत बराबर हुने गरी ३ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ।

यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४० लाख कित्ता हकप्रद शेयर जारी हुनेछन्। कायम संस्थापक शेयरधनीले आफूसँग रहेको शेयरको अनुपातमा हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर खरिदका लागि आवेदन असोज २ गतेदेखि खुला हुने र असोज १४ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेका शेयर भने कम्पनीको नियमावलीअनुसार सञ्चालक समितिले निर्धारण गरेको प्रक्रिया र सर्तमा बोलकबोल, पुनः बाँडफाँट वा अन्य माध्यमबाट बिक्री तथा वितरण गर्न सकिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*