बूढीगण्डकीमा आकस्मिक बाढीको कारण खोज्न भूगर्भविद्सहितको टोली परिचालन

२५ आश्विन २०८३, आईतवार १५:४८

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन जनाको टोली परिचालन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आउनुको कारण पत्ता लगाउन ड्रोनको समेत प्रयोग गरिनेछ । घटनाको स्थलगत अध्ययन गरी बाढी आउनुको कारण पहिचान गर्न टोली परिचालन गरिएको प्राधिकरणले आइतबार दिउँसो जारी गरेको प्रेस नोटमा उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढी प्रभावित क्षेत्रबाट ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*