चालु खाता र शोधनान्तर बचत बढ्यो, दुई महिनामै १ खर्ब ८७ अर्ब बचत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवैमा बचत बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो।
त्यस्तै देशमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको समग्र हिसाब देखाउने शोधनान्तर स्थिति पनि १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो।
यस अवधिमा नेपालमा विदेशी लगानी पनि बढेको छ। प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत शेयरमा गरिएको लगानीमार्फत २ अर्ब ९८ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब २७ करोड रुपैयाँ मात्रै थियो। तर विकास तथा पुँजी निर्माणसँग सम्बन्धित खुद पुँजीगत ट्रान्सफर भने अघिल्लो वर्षको २ अर्ब २० करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ।











