सिप्रदी ट्रेडिङले ल्यायो ‘महा–एक्सचेन्ज धमाका’ योजना, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजना सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ।
योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज गरी नयाँ एक्साइड ब्याट्री खरिद गर्न वा नयाँ ब्याट्री किन्न सक्नेछन्। यस अवधिमा एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गर्दा ५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरमार्फत यो सुविधा उपलब्ध हुनेछ।
कम्पनीले योजनालाई थप आकर्षक बनाउन क्यासब्याक तथा निःशुल्क ब्याट्री चेकअप र सर्भिसिङको सुविधा पनि समावेश गरेको छ। योजना अवधिभर प्रत्येक महिना आयोजना हुने लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्। साथै, ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सुविधा प्राप्त गर्न सक्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले नेपालभरका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र वा रिटेलरबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गरेपछि ‘सिप्रदी स्टार एप’मार्फत पेपरलेस वारेन्टी दर्ता गर्नुपर्नेछ। वारेन्टी दर्ता गरेपछि ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।
योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले कम्पनीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सक्नेछन्।











