अप्पर हेवाखोला हाइड्रोपावरले ९१.३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
२९ आश्विन २०८३, बिहीबार १६:४९

काठमाडौँ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ९१.३ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको हो ।
कम्पनीले सेबोनबाट अनुमति पाएमा हाल कायम सेयरधनीलाई १ः०.९१३ अनुपातमा हकप्रद शेयर जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको बिक्री प्रबन्धकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ।











