दुई महिनामा बैंक तथा वित्तीय संस्थाका ४३ शाखा कार्यालय बन्द

२९ आश्विन २०८३, बिहीबार १६:१४

काठमाडौँ । दुई महिनामा बैंक तथा वित्तीय संस्थाका ४३ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८३।०८४ को साउन र भदौ महिनामा उक्त शाखा कार्यालय बन्द भएका हुन् ।

२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ३३२ रहेकोमा भदौ मसान्तमा ११ हजार २८९ रहेको छ।

२०८३ भदौ मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी १०४ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*