शेयरधनीको खातामा नगद लाभांश पठाउँदै सिटिजन्स सुपर ३० म्युचुअल फण्ड

३० आश्विन २०८३, शुक्रबार ०८:३१

काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले इकाईधनीलाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि करसहित ५.२५ प्रतिशतका दरले लाभांश दिने निर्णयअनुसार असोज १६ गतेदेखि इकाईधनीको बैंक खातामा रकम जम्मा गर्न थालिएको हो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवद्र्धन गरेको यस योजनाको व्यवस्थापन तथा डिपोजिटरीको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्दै आएको छ।

आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका इकाईधनीको खातामा लाभांश पठाइएको कम्पनीले जनाएको छ। बैंक खाता नम्बर अद्यावधिक नगरेका इकाईधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता नम्बर यथाशीघ्र अद्यावधिक गराउन आग्रह गरिएको छ।

त्यस्तै आफ्नो म्युचुअल फण्डको इकाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका इकाईधनीको हकमा भने सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट अनापत्ति पत्र प्राप्त भएपछि मात्रै लाभांश रकम बैंक खातामा जम्मा गरिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*