एनपीएल उद्घाटन गर्न बालेन शाह कीर्तिपुर जाँदै

९ कार्तिक २०८३, सोमबार १४:००

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो संस्करणको उद्घाटन गर्नका लागि रंगशाला जाने भएका छन्।

आज कात्तिक १० गतेदेखि एनपीएलको तेस्रो सिजनको खेल शुरु हुँदैछ। आजको उद्घाटन खेलमा साविक विजेता टोली लुम्बिनी लायन्स र उपविजेता टोली सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

शाहले सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकूद प्रतियोगिता भएको र केही वर्षको अवधिमै भव्य खेल उत्सवको रूप लिन सफल भएको बताएका थिए।

एनपीएलको उद्घाटन साँझ ५ बजे गरिने कार्यतालिका रहेको छ। उद्घाटनपश्चात लुम्बिनी र सुदूरपश्चिमको खेल शुरु हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*