यस्तो छ ग्लोबल आइएमई बैंकको २०औं वार्षिक साधारणसभाको माइन्युट
१२ कार्तिक २०८३, बिहीबार ०९:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा गत असोज १६ गते बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको थियो।
उक्त साधारणसभाले शेयरधनीहरुलाई बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो।
साथै गत आवको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, बैंकका सहायक कम्पनीहरुको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका सबै प्रस्ताव साधारणसभाले पारित गरेको थियो।











