नेपाल–श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

१२ कार्तिक २०८३, बिहीबार ११:४२

काठमाडौं । नेपाल र श्रीलङ्काबीच ऊर्जा, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै देशबीच ज्ञान र अनुभव आदानप्रदान गर्नुका साथै जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य जोखिम कम गर्ने विषयमा पनि कुराकानी भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले श्रीलङ्काका स्वास्थ्य तथा जनसञ्चार मन्त्री डा. नलिन्दा जयतिस्सासँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।

भेटमा ऊर्जा, स्वास्थ्य र सञ्चार क्षेत्रमा एकअर्काका अनुभवबाट सिक्ने तथा सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ। त्यस्तै छलफलमा जलवायु परिवर्तनका कारण देखिने स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्ने र स्थानीय समुदायलाई विपद् तथा अन्य चुनौतीको सामना गर्न सक्षम बनाउने विषयमा पनि जोड दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*