सिटिजन्स बैंकले बदल्यो वित्तीय तस्वीर, २२ करोड घाटा रहेको बैंक १० करोड नाफामा, अन्य सूचक कस्ता ?

१५ कार्तिक २०८३, आईतवार ०६:०१

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।

समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६ करोड ६३ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ ।

असोज मसान्तसम्मको अवधिमा इम्पेरिमेन्ट चार्ज १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ र सञ्चालन खर्च ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने सञ्चित नाफा ४४ करोड ८४ लाख १५ हजार रुपैयाँ रहेको छ ।

असोजसम्ममा बैंकको निक्षेप संकलन १२.७८ प्रतिशत बढेर २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ र कर्जा प्रवाह ४.२१ प्रतिशत बढेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ गरेको छ ।

गत वर्षको असोजमा ६.८४ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ५.७८ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ धनात्मक रहेको छ । गत वर्षको असोजमा बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*