महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

२० कार्तिक २०८३, शुक्रबार १६:२४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले ३.७० प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकको कात्तिक २० गते शुक्रबार दिउँसो ३ बजे बसेको ६५७औँ सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसाका आधारमा लाभांश वितरण गर्ने निर्णय भएको हो।

प्रस्तावित बोनस शेयरको रकम १६ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा रहेको छ। त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ। नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ।

यसअनुसार बैंकले कुल ३३ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको २५औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*