कारको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु, दुई जना घाइते

२७ कार्तिक २०८३, शुक्रबार ११:५९

काठमाडौं । चितवनको भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भरतपुर महानगरपालिका–१६ स्थित फुर्तीचोकमा शुक्रबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ः५४ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा अन्य दुई जना पैदलयात्री सामान्य घाइते भएका छन्। उनीहरूको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कार र चालक भरतपुर–१६ फुर्तीचोक निवासी ३३ वर्षीय मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*