कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
२ मंसिर २०८३, बुधबार १५:५६

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको ५ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण भएको छ। शेयर रूपान्तरणसँगै बैंकको संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६०ः४० कायम भएको छ।
बैंकको ५ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएसँगै कम्पनीको शेयर संरचनामा परिवर्तन आएको हो। अब बैंकमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४० प्रतिशत कायम भएको हो।











