दानबहादुरलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

९ मंसिर २०८३, बुधबार १७:५७

काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

आफूलाई आईजीपी पदबाट हटाइएको भन्दै पुनर्बहालीको मागसहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उक्त रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*