लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो पाचौं साधारण सभा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पाचौं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
बैंकले साधारण सभा पुस २७ गते मंगलबार अनुपम फुडल्याण्यड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली–काठमाडौंमा बिहान ९ः३० बजेदेखि गर्ने भएको छ ।
सभामा हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने बैंकले जनाएको छ । साधारण सभा प्रयोजनार्थ बैंकले पुस ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । अर्थात् पुस ५ गतेसम्म् नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
उक्त सभामा सञ्चालकको नियुक्ती तथा अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरिने सूचनामा उल्लेख गरिएको छ ।











