बराह सहकारीको ५ अर्ब ८८ करोडभन्दा बढी रकम हिनामिनाका मुख्य योजनाकार पक्राउ

२ मंसिर २०८३, बुधबार १६:०६

काठमाडौं । बराह बचत तथा ऋण सहकारी संस्थाको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै सहकारीको रकम हिनामिनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा कारबाही प्रक्रिया पनि तीव्र बनाइने बताएका छन्।

गृहमन्त्री गुरुङका अनुसार करिब ६ वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताहरूले भोगिरहेको पीडाबारे आफूले जानकारी पाएका थिए। त्यतिबेलादेखि नै सहकारीका बचतकर्ताको समस्याले आफूलाई झकझकाइरहेको उनले उल्लेख गरेका छन्।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि बचतकर्तालाई न्याय दिलाउन खोजी तीव्र पारिएको बताएका छन्। पाँच अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उनको भनाइ छ। गुरुङले यस प्रकरणमा संलग्न अन्य दोषीहरूको समेत खोजी गरी क्रमबद्ध रूपमा कानुनी कारबाही अघि बढाइने बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*