ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७ % सम्म छुट
१७ मंसिर २०८०, आईतवार ०९:३३

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई काठमाडौं महानगरपालिका १५ स्थित ‘सी फूड ट्रेडर्स’ ले छुट दिने भएको छ । ट्रेडर्सले माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छुट दिने सहमति भएको हो ।
सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सी फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेकी हुन् ।
बैंकका ग्राहकले सी फुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।











