नेपाल राष्ट्र बैंकले पाँचजना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर

१८ मंसिर २०८०, सोमबार १८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचजना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा गुरु पौडेललाई ल्याइएको छ । उनी यस अघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए ।

भुक्तानी प्रणाली विभागको विभाग प्रमुखको जिम्मेवारी डा. गुणाकर भट्टलाई राखिएको छ ।

विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको भएको छ ।

वित्त व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई मानव संसाधन विभाग प्रमुख बनाइएको छ ।
राष्ट्र बैंकले आगामी २४ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*