जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक बरालीसहित दुई जना निलम्वित

३ श्रावण २०७८, आईतवार २०:५२

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बरालीसहित दुई जना कर्मचारी निलम्वनमा परेका छन् । बीमा समितिको निर्देशन अनुसार जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले फाइनान्स हेड तथा सहायक महाप्रबन्धक बराली र लेखाकै अर्का कर्मचारी रंग साउदलाई निलम्वन गरिएको हो ।

बीमा समितिका अनुसार समितिले पछिल्लो पटक स्याङ्जास्थित कुखुरा फर्मको शंकास्पद दावी भुक्तानीमा संलग्न कर्मचारीहरुलार्ई कारवाही गर्ने जिम्मा सञ्चालक समितिलाई जिम्मेवारी दिएको थियो । सो दावी भुक्तानी सम्बन्धमा सञ्चालक समितिले गत वर्ष नै लेखा विभागका कर्मचारी तथा तत्कालिन महाप्रबन्धक एसके तमोटले सञ्चालक समितिलाई गुमराहमा राखेर दावी भुक्तानी गरेको आरोपमा निलम्नव गर्ने निर्णय माईन्यूट गरेको थियो ।

उक्त विवादित काण्डका कम्पनीको सञ्चालक समितिले पहिलो पटक एक्सन लिएको हो । यद्यपि साढे तीन करोड रुपैयाँको दावी भुक्तानीको सो काण्डको धेरै कुरा बाहिर आउन बाँकी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*