यी स्थानका घरजग्गा लिलाम बिक्रीमा
१९ मंसिर २०८०, मंगलवार १२:५४

काठमाडौं । हिमालयन बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको विभिन्न स्थानका घरजग्गा (धितो) लिलाम बिक्रीमा ल्याएको छ ।
ऋणीहरुले साविकको सिभिल बैंक लिमिटेडबाट कर्जा लिई बैंकलाई साँवा ब्याज आदि नतिरेपछि बैंकले धितोमा रहेको उल्लेखित सम्पत्ति लिलाम बिक्रीमा ल्याएको जनाएको छ ।
उक्त सम्पत्ति लिन इच्छुकले सूचना प्रकाशित मिति (मंसिर १९ गते)ले १५ दिनभित्र लिलाममा डाक बडाबढमार्फत खरिद गर्न सक्ने बैंकले जनाएको छ ।












