ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल

२१ मंसिर २०८०, बिहीबार १०:१९

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले रिक्त रहेको सीईओमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई सीइओ नियुक्त गरेको हो । नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत ढकाल यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए ।

चार्टर्ड एकाउन्टेन्ट रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहेका छन् ।

नव–नियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले उनको नेतृत्वमा आगामी दिनमा यस बैंकलाई थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*