अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने

४ श्रावण २०७८, सोमबार १४:००

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८ साउन ४ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको थियो । सोही अनुसार आजदेखि कम्पनीको सम्पूर्ण शेयरसम्बन्धि कार्य सिभिल क्यापिटल मार्केटले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*