एनएमबि बैंकले घटायो ब्याजदर
२५ मंसिर २०८०, सोमबार ०७:४३

काठमाडौं । एनएमबि बैंकले ब्याजदर घटाएको छ। बैंकले आजै (मंसिर २५ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो।
बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार बैंकले पुस महिनामा मुद्दति निक्षेपमा अधिकतममा ९ प्रतिशत ब्याजदर दिनेछ। बैंकले १० वर्ष माथिको मुद्दति निक्षेपमा सो ब्याजदर तोकेको हो ।
त्यस्तै, बैंकले ३ देखि ६ महिनाको मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले मंसिर १ गतेबाट अधिकतममा ९.५० प्रतिशत ब्याजदर कायम गरेको थियो।














