वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमईका २५३ कर्मचारी सम्मानित

१८ पुष २०८०, बुधबार १७:४३

काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान गरेको छ । बैंकले १५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरेको हो । नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष समेत रहेका बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वुधबार एक कार्यक्रमबीच सम्मानस्वरुप सबैलाई उपहार प्रदान गरे ।

अध्यक्ष ढकालले ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकले सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । उनले सरकार र नेपाल राष्ट्र बैंकका नीति पालन गर्दै बैंक अहिलेको अवस्थामा आइपुगेको भन्दै लक्ष्य प्राप्तिभन्दा मिहेनत र लगनशिलतामा जोड दिन कर्मचारीहरुलाई आग्रह गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज बज्राचार्यले बैंक आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अघि बढेको बताए ।

वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५५ शाखा, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरेर १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी निक्षेपकर्तालाई सेवा दिँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*