भूकम्प पीडितलाई नेशनल लघुवित्तको आर्थिक सहयोग

१९ पुष २०८०, बिहीबार १६:३२

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितलाई नेशनल लघुवित्त वित्तीय संस्थाले आर्थिक सहयोग गरेको छ । कम्पनीले प्रभावितलाई राहत स्वरुप ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको हो ।

कम्पनीले सल्यानको दार्मा गाउँपालिका र रुकमपश्चिमको आठविसकोट नगरपालिकालाई ४–४ लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, बागचौर शाखा सल्यानका ६८१ जना सेवाग्राहीलाई कम्पनीले २१ लाख ५४ हजार सहयोग गरेको बताएको छ ।

कम्पनीका अनुसार आठबिसकोट शाखा रुकुमपश्चिमका ३७० जना सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ सहयोग गरिएको छ । कम्पनीले शेरेगाउँ शाखा रुकमपश्चिमका २५० जना सेवाग्राहीलाई ७ लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताएको छ ।

कम्पनीले यसअघि पनि विपतका अवस्थामा खाद्यन्न, त्रिपाल लगायतका सामाग्री वितरण गरेको हुँदा कम्पनीका तर्फबाट कुल रु ५० लाख भन्दा बढि आर्थिक सहयोग पुगेको बताएको हो।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपतमा परेको सेवाग्राही सदस्यहरुलाई मानवीय सहायता गर्दै आएको छ । हाल नेशनल लघुवित्तले देशका ७२ जिल्लामा २ लाख २० हजार बढी सदस्यहरुबीच वित्तीय कारोवार संचालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*