सानिमा बैंकको नव वर्ष योजना, ग्राहकलाई २४% छुट

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले पुस २२ गतेदेखि माघ ११ गतेसम्म लागु हुनेगरी छुट व्यवस्था ल्याएको हो ।
योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा २४% को छुट प्राप्त गर्ने बैंकले बताएको छ ।बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकले देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा ल्याएको छ । यसैगरी, सानिमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा पनि छुटको व्यवस्था मिलाएको छ ।











