मधेश र गण्डकी प्रदेशमा ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर

२३ पुष २०८०, सोमबार ०७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्नपुर्ण गाँउपालिका वडा नं. ०६ पोखरे आधारभुत विद्यालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गरेको हो ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

ग्लोबल आइएमई बैंकको देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*