नेपाल राष्ट्र बैंकद्धारा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार, सुझावको माग
२५ पुष २०८०, बुधबार २१:००

नेपाल राष्ट्र बैंकले नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारेको छ ।राष्ट्र बैंकले सो मस्यौदामाथि दुई महिना भित्र सुझाव दिन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था बमोजिम यो मस्यौदा तयार पारेको हो । मौद्रिक नीतिमा ग्रिन फाइनान्सियललाई प्रोत्साहन गर्न हरित वण्ड निष्काशन गर्ने, जलवायु जोखिम रिर्पोटिङ्ग गर्ने, पुँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी ग्रिन ट्याक्सेनेमीको मस्यौदा राखिने उल्लेख गरिएको थियो ।











