एनआईसी एशिया बैंकपछि कुमारी बैंकले घटायो ब्याजदर

२६ पुष २०८०, बिहीबार १०:४५

काठमाडौं । कुमारी बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ ।

बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८।११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९।३१ प्रतिशत ब्याजदर दिएको छ ।

अब माघमा भने मुद्दति निक्षेपमा अधिकतम ८।११ प्रतिशत र न्यूजतम ६।५० प्रतिशत मात्र ब्याज दिने भएको छ । अब यसले माघ महिनाका लागि भने ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ६।५० प्रतिशत निर्धारण गरेको छ ।

यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ ।बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा अपेक्षा अनुसार प्रवाह हुन नसकेपछि बैंकहरुले अहिले ब्याजदर घटाउने निर्णयमा पुगेका हुन् ।

निक्षेपको ब्याजदर घट्दै जाँदा लागत कम पर्ने र यसले कर्जाको ब्याजदर घटाउन पनि मद्दत गर्नेछ । निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि घट्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*