आर्थिक संकटबाट लगभग उत्रियो मुलुक, सबै सूचांकमा प्रगति, १७ खर्ब ६७ अर्ब विदेशी मुद्रा संचिती, चालु खाता १४० अर्ब

२६ पुष २०८०, बिहीबार १८:०८

काठमाडौं । नेपालको अर्थतन्त्रको अवस्था पूर्ण स्वस्थ रुपमा देखिएको आज प्रकाशित नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकले चालु आवको ८ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै विदेशी विनियम संचिती हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उल्लेख छ ।

सरकारी खातामा कार्तिक महिनासम्ममा कूल १५३६ अर्ब ३६ करोड अमेरिकी डलर संचिती रहेकोमा मंसिर महिनामा १५ प्रतितले बृद्धि भई १७ खर्ब ६७ अर्ब नाघेको हो । उक्त विदेशी विनिमयले नेपालको कूल वस्तु तथा सेवा आयात ११.८ महिना अर्थात करिब एक वर्षलाई धान्न सक्ने देखिएको छ । विगतमा छ महिनाको मात्रै वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेको नेपाली अर्थतन्त्र अहिले दोब्बर बृद्धि भएको हो ।

तथ्याङ्क अनुसार समीक्षा अवधिमा चालु खाता १४० अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २१० अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*