बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) को अध्यक्ष नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल

२६ पुष २०८०, बिहीबार १८:३८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्ष पदमामा नबिल बैंकका अध्यक्ष तथा एनएमबि बैंकका पूर्व सिईओ उपेन्द्र पौड्याल चयन भएका छन् । संघको बुधबार बसेको १५ औं बैठकले पौड्याललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

हालका अध्यक्ष पवन गोल्यानले पदबाट राजीनामा दिएसँगै रिक्त हुन आएको उक्त पदमा नयाँ अध्यक्ष चयन गर्न आज सञ्चालक समितिको बैठक बसेको थियो । निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाइमा वि.सं. २०७६ मा सीबीफिन स्थापना भएको थियो । संस्थापक अध्यक्ष गोल्यान अब एनएमबी बैंकबाट बाहिरिन लागेको भन्दै सिविफिनबाट राजिनामा दिएका हुन् ।

सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौड्यालले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए । नेपाली बैंकिङ क्षेत्रमा लामो अनुभव भएका पौड्यालले बैंकिङ क्षेत्रलाई थप जिम्मेवार जनताको पक्षमा बनाउने विश्वास व्यक्त गरिएका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*