वित्तीय साक्षरता कार्यक्रम ७७ जिल्लामै पुराउने बैंकर्स संघको तयारी

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघ वित्तीय साक्षरता कार्यक्रम ७७ जिल्लामा पुराउनृे तयारी गरेको छ । बैंकर्स संघले गत आर्थिक बर्षदेखि सुरु गरेको वित्तीय साक्षरता कार्यक्रम पुन संचालन गर्न लागेको संघका अध्यक्ष राम बहादुर यादवले बीमापोष्टलाई जानकारी दिएका छन् ।
लघुवित्त क्षेत्रको जनचेतनामा यस कार्यक्रमले ठूलो राहत मिल्ने उनको भनाई छ। केन्द्रिय बैंकले जनचेतना मूलक कार्यक्रम अघि बढाए झै लघुवित्त संस्थाहरुले पनि वित्तीय साक्षरता अघि बढाउन लागेको हो
। लघुवित्त संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर वित्तीय साक्षरता कार्यक्रम गर्न लागेको संघका अध्यक्ष यादवको भनाई छ । उनले आगामी बर्षभित्र ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम पुर्याउने लक्ष्य संघको रहेको बताएका छन् ।











