नेपाल बैंकले घटायो ब्याजदर, कुन बचत खातामा कति दिँदैछ ?

२९ पुष २०८०, आईतवार ११:४८

काठमाडौं । नेपाल बैंकले माघ १ गतेदेखि लागू हुने ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३।५० प्रतिशतदेखि ५।५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि पुसमा साधारण बचत खातामा ४ प्रतिशतदेख ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, बैंकले रेमिट्यान्स खातामा ६।५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले यसअघि रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६।५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७।०५६ प्रतिशत, व्यक्तिगततर्फ ८।५५६ प्रतिशत र रेमिट्यान्समा ९।५५६ प्रतिशत ब्याजदर तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*